Saturday, September 29, 2018

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो ।
• मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ ।
• जुनसुकै कार्यालयमा काम गर्ने महिलाले अब सुत्केरी हुनु अघि वा पछि कम्तीमा 98 दिनसम्म तलबसहित प्रसूति बिदा पाउनेछन् ।
•   सिने सर्कल अवार्ड 2075 को उत्कृष्ट अभिनेता नाजिर हुसेन र अभिनेत्री नीता ढुंगाना भएकी छन् ।
• जनगणना 2068 अनुसार नेपालमा कुसुण्डाहरू जनसङ्ख्या 273 मात्र छ जसमध्ये दाङ जिल्लामा सबैभन्दा धेरै 70 जना रहेका छन् ।
• यसवर्षको “तुलसीराम स्मृति पुरस्कार” विश्वप्रेम अधिकारीलाई प्रदान गरिएको छ ।
• नेपालको संविधानको धारा 54 को व्यवस्थाअनुसार राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन समिति गठन भएको छ ।
• असोज 1 गते “विज्ञान तथा प्रविधि: दिगो विकास र समृद्धि” नाराका साथ छैठौं राष्ट्रिय विज्ञान दिवस मनाइएको छ । वि सं 2070 बाट हरेक वर्ष असोज 1 राष्ट्रिय विज्ञान दिवसका रुपमा मनाउन थालिएको हो । पहिलोपटक 2013 सालमा पहिलो विज्ञान कलेजका रुपमा पब्लिक साइन्स कलेज (पस्कल) स्थापना भएको थियो । त्यसका प्राचार्य अमृतमान प्रधानको हवाई दुर्घटनामा निधन भएपछि सो कलेजको नाम परिवर्तन गरी अमृत साइन्स क्याम्पस (अस्कल) बनाइएको थियो ।

• मानव विकास सूचाङ्क प्रतिवेदन 2018 अनुसार नेपाल जनसङ्ख्याको आधारमा रोजगारी दरमा पाँचौं स्थानमा परेको छ  ।सबैभन्दा धेरै रोजगारी दर रहेको देश कतार हो ।
• 2075को मिस मंगोल नेपालको उपाधि जाङमु शेर्पाले जितेकी छन्।
• नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त “नेपालरत्न” द्वारा विभूषित गर्ने घोषणा गरिएको छ।
• कालिकोटको नरहरिनाथ गाउँपालिकालाई कर्णाली प्रदेश कै पहिलो निःशुल्क, अनिवार्य संघीय आधारभूत शिक्षा सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ ।
• बसन्ती दरबार नुवाकोटको ककनी गाउँपालिका मा अवस्थित छ ।
• गाईखुरा महादेव मन्दिर दोलखा जिल्लामा पर्दछ ।
• भैरबनाथ मन्दिर भक्तपुरमा रहेको छ ।
• नेपालमा 2068 को जनगणना अनुसार 10 हजारभन्दा कम जनसंख्या भएका 37 वटा भाषा छन् ।
• कृषि ज्ञान केन्द्र हुम्लाको सिमकोटमा स्थापना भएको छ ।
• 91 औं एकेडेमी अवार्ड (ओस्कार) प्रतिस्पर्धाका लागि नेपाली चलचित्र “पञ्चायत” छनौट भएको छ ।
• यसवर्षको “स्वर्गीय जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट” गणेश लम्साल पुरस्कृत हुनुभएको छ ।
• काठमाडौंको लप्सीफेदी देखि गल्छी- रातमाटे प्रसारण लाइन र दमौली – बुटवल आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा सूचीकृत गरिएको छ।
• “शमी साहित्य साधना सम्मान पुरस्कार”बाट कवि विनोद आशु माली सम्मानित हुनुभएको छ ।
• “युवा प्रोत्साहन पुरस्कार” बाट हेलिकप्टर निर्माण गरिएको उडान सफल युवा सरोज चेपाङ प्रदान गरिएको छ ।
• “सम- समता लैंगिक अध्ययन पुरस्कार”बाट प्रिया बानियाँ लाई प्रदान गरिएको छ ।
• टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्डबाट युवा पर्यटन ब्यबसायी राजन थापालाई सम्मानित गरिएको छ ।
• “tourist vehicle excellent award”महालक्ष्मी भेहिकल  सर्भिसलाई प्रदान गरिएको छ ।
• विसं 1990 कार्तिक 16 गते सनद जारी गरी नेपाल सरकार शिक्षा विभाग अन्तर्गत एसएलसी परीक्षा बोर्ड स्थापना गरियो । त्यसपछि नाम परिवर्तन गरिए कन्ट्रोलर अफिस राखिएको थियो । 2007 पछि परीक्षा नियन्त्रण कार्यालय राखियो र 2044 सालमा पनिकालाई सानोठिमीमा सारिएको थियो । अहिले गएर परीक्षा नियन्त्रण कार्यालय इतिहास बनेको छ ।
• नेपाल टेलिभिजनले असोज 6 गतेबाट संस्कृत भाषामा समाचार प्रसारण सुरु गरेको छ । थारू, लिम्बु, भोजपुरी, मैथिली ,नेवारी, अवधी भाषामा नियमित कार्यक्रम तथा नेपाली, अंग्रेजी र  सांकेतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ ।
• “ ऐना मेरो सबैभन्दा असल मित्र हो, किन भने म रुँदा यो कहिले हाँस्दैन” यो भनाइ चार्ली च्याप्लिनको हो ।
• “बाघ गणना 2018” अनुसार नेपालमा बाघको संख्या 235 पुगेको छ ।
• सैनडाँडा मेला बझाङ्ग मा लाग्दछ ।
• 2075 सालको “चक्रमणि स्मृति पुरस्कार” साहित्यकार तथा आयुर्वेदका प्रसिद्ध चिकित्सक हरिप्रसाद पोखरेल “मानसाग्नि”लाई प्रदान गरिएको छ ।
• “सोह्रश्राद्ध” अर्थात् “पितृपक्ष” हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुन्छ ।
• माल्दिभ्सको राष्ट्रपतिमा इब्राहिम मोहमद सोलिह निर्वाचित भएका छन् ।
• किरात धर्मावलम्बीहरूको पवित्र आस्थाको केन्द्र मानिएको फक्ताङलुङ “कुम्भकर्ण” धाम ताप्लेजुङमा अवस्थित छ ।
• कालिमाटी गाउँपालिका सल्यानमा पर्दछ ।
• “माया” खण्डकाव्य तथा “सृष्टि” कवितासङ्ग्रह रमेशमोहन भट्टराईको कृति हो ।
• विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन 2018मा नेपाल विश्वका 162 देशहरुमध्ये 102 औं स्थानमा रहेको छ । सन् 2017 मा नेपाल 107 औं स्थानमा रहेको थियो ।
# व्याँसिकोट दरबार
• व्याँसिकोट दरबार साविक व्यासी गाविसको चौधानपाटा नजिकैको  कोटडाँडामा रहेको यो दरबार तत्कालीन बझाङ राज्यको प्रादुर्भाव भएको स्थानको रुपमा परिचित हो ।
• वि सं 1502 तिर तत्कालीन बझाङ्गी राजा शक्ति सिंहले व्याँसिकोट दरबार निर्माण गर्न लगाएको शिलालेखहरूमा उल्लेख छ।
• बझाङ मै निर्मित इटाबाट बनाइएको दरबार सुरुमा 25 कोटाको रहेको र 1990 सालको भूकम्पले क्षति गरेपछि तत्कालीन राजा देवीजंग सिंहले पुनःनिर्माण गरी 10 कोठाको बनाएक थिए ।
• एसियाली विकास बैंक(ADB)ले गरेको पछिल्लो “Microeconomic update” नेपालको आर्थिक वृद्धिदर 5.5 प्रतिशतमा सीमित हुने जनाएको छ । एडीबीका अनुसार अघिल्लो वर्ष 4.2 प्रतिशत रहेको मूल्यवृद्धि यो वर्ष 6 प्रतिशत पुग्नेछ । नेपालको पछिल्लो 10 वर्षमा औसत आर्थिक वृद्धिदर 4.3 प्रतिशत मात्रै छ ।
• असोज 12 गते प्रदेश 7 को नाम “सुदूरपश्चिम” र राजधानी “गोदावरी” कायम भएको छ।

Saturday, September 15, 2018

भदौ महिनाको सम्पूर्ण समसामयिक जानकारी


1) राष्ट्र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत श्रावन 31 मा नियुक्त भएका छन् ।
2) प्रदेश 5 मा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रुपन्देहीमा गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी गुरुयोजना, बर्दिया र बाँकेमा बबई सिचाई आयोजना , भेरी बबई डाइभर्सन आयोजना तथा तराइका जिल्लालाई सडक यातायातको सञ्जालसँग जोड्ने सञ्चालित हुलाकी राजमाग जस्ता महत्वपूर्ण आयोजना सञ्चालनमा रहेका छन् ।
3) रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको मोक्षधाममा विश्वकै नमूना मन्दिर निर्माण हुने भएको छ ।
4) फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल 161औं स्थानमा कायम रहेको छ। दक्षिण एसियामा भारत 96 औं स्थानमा रहेर सबैभन्दा माथि रहेको छ । विश्वविजेता फ्रान्स शीर्षस्थानमा बेल्जियम दोस्रो र ब्राजिल तेस्रो र क्रोएसिया  चौथो स्थानमा रहेको छ।
5) कुपिन्डे ताल सल्यान जिल्लामा पर्दछ । समुद्री सतहदेखि 1120 मिटर उचाइमा रहेको कुपिण्डे ताल 23.53 हेक्टरमा फैलिएको छ । यो तालको गहिराई 34 मिटर , लम्बाई 834, चौडाई 538 मिटर रहेको छ ।
6) एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन भदौ 14 देखि 16 गतेसम्म काठमाडौंमा हुने भएको छ ।
7) सन 2018 अगस्ट 17 मा पाकिस्तानको प्रधानमन्त्री मा पूर्व क्रिकेटर इमरान खान निर्वाचित हुनुभएको छ ।
8) त्रिमूर्ति निकेतनले साहित्यकार गणेश विषम लाई 2075 सालको लेखनाथ पौड्याल पुरस्कार प्रदान गरेको छ ।
9) पशुपति क्षेत्रमा नेपाल-भारत मैत्री धर्मशालाको निर्माण सम्पन्न भएको छ ।
10) मितिनी र सोल्टी नामका एकसिंगे गैंडा एकजोडी भदौ 1 गते कार्गो विमानबाट चीन पठाइएको छ ।
11) महिला सर्जक को साझा संस्था “ गुन्जन” गोपाल पाण्डे “असीम” पुरस्कारबाट सम्मानित भएको छ।
12) शालिग्राम “ संग्रहालय” बागलुङमा बनाउन सुरु गरिएको छ ।
13) “ट्रिटमेन्ट सिजरिङ” प्रविधि  कुकाठलाई उपचार गरेर लामोसम्म टिकाउने प्रविधि हो ।
14) सन 2018 august 18  देखि एसियाली खेलकुद आरम्भ भएको छ ।
15) 18 औं एसियाली खेलकुद इन्डोनेसियाको जकार्ता र पलेन्वाङमा हुनेछ ।
16) 18 एसियाली खेलकुदमा 11500 खेलाडीको सहभागिता रहनेछ  ।
17) 18 औं एसियाली खेलकुद september 2 सम्म चल्नेछ ।
18) 3 वर्षको कुवेतमाथि को प्रतिबंध अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल ले सन् 2018 अगुस्त 17 मा हटाएको छ । प्रतिबन्ध हटाएपछि कुबेतका खेलाडीले आफ्नै झण्डामुनि एसियाली खेलमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
19) चीन भारत र अमेरिकापछि इन्डोनेसिया विश्वको चौथो सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र हो ।
20) इन्डोनेसियामा 13500 टापु रहेका छन्।
21) एसियाली खेलकुदमा 45 राष्ट्रले भाग लिएका छन् ।
22) 18 हुने एसियाडमा सबैभन्दा ठूलो टीम चीन हुनेछ ।
23) भदौ 3 ,11 औं राष्ट्रिय सूचना दिवस । विसं 2065 साल भदौ 3 गते सुचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो ।
24) श्रृजना श्रेष्ठ विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा  मिसेज नेपाल आइडल बन्नुभएको छ ।
25) संयुक्त राष्ट्रका पूर्व महासचिव कोफी अन्नानको 80 वर्षको उमेरमा सन् 2018 अगस्ट 18 मा निधन भएको हो । राष्ट्रसङ्घको इतिहासमा पहिलो अश्वेत महासचिव हुन् उनी । कोसी अन्नानको निधन   स्विजरल्याण्डमा भएको हो ।सन् 1997 देखि 2006 सम्म दुई कार्यकाल राष्ट्रको महासचिव बन्नुभएको थियो । कोफी अन्नानलाई लाई “नोबेल शान्ति पुरस्कार” समेत प्रदान गरिएको थियो। उहाँलाई the कोफी अन्नान फाउण्डेशन ले “ अंतरराष्ट्रीय राजनेता” को उपाधि दिएको छ ।
26) “गुरही पर्व” पश्चिम तराईका थारु समुदायले मनाउँछन् ।
27) चितवनमा पर्यटकको बसाइ अवधि 2.4 दिन रहेको छ ।
28) भदौ – 3 राष्ट्रिय सूचना आयोग ले 11 औं वार्षिक उत्सव मनायो । “आर्थिक वर्ष 2074 75 मा भएका महत्वपूर्ण आदेश” नामक पुस्तक आयोगले प्रकाशन गरेको छ ।
29) हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका बासिन्दाको घरको नक्सा निःशुल्करुपमा बनाइदिने भएको छ ।
30) अर्ररा नदी कपिलवस्तु सँगै नेपाल – भारत सीमामा छुट्याउने नदी हो ।
31) “एक घर ,एक धारा” अभियान बागलुङ जिल्लामा चलेको हो ।
32) “मानव विकासक्रम र दलित समुदाय” खोजमुलक पुस्तक युवा लेखक विनोदकुमार विक ( विकास) द्वारा लिखित पुस्तक हो ।
33) अपी पावर कम्पनी लिमिटेडले धनुषाको ढल्केवरमा 1 मेगावाट र बाराको सिमरामा 1 मेगावाटको सोलार प्लाण्ट निर्माण गर्न लागेको छ ।
34) चीनको हेनान प्रान्तमा आएको यसबर्षको 18औं शक्तिशाली आँधीको नाम “रुम्बिया” रहेको छ ।
35) भदौ 3 ,august -19 ,2018 फिजीमा 8.2 magnitude को शक्तिशाली भूकंप गएको छ ।
36) आठबिसकोट नगरपालिका रुकुम जिल्लामा पर्दछ ।
37) दुधकुण्ड नगरपालिका सोलुखुम्बुमा पर्दछ ।
38) तोक्पेगोला संस्कृति मेला ताप्लेजुङको पर्यटकीय क्षेत्र तोप्केगोला मा लाग्दछ ।
39) 10 वर्षभन्दा कम उमेरकी बालिका, 70 वर्षभन्दा माथि उमेरको वृद्ध र ' क' वर्गका अपाङ्गता भएका महिलाको बलात्कार घटनाका दोषीलाई आजीवन कैद सजाको मागसहित मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन दर्ता भएको छ ।
40) नयाँ मुलुकी संहिता अन्तर्गत 33 बिसे सम्बन्धित मुद्दा सिडिओको क्षेत्राधिकारमा परेको छ ।
41) गण्डकी प्रदेशले हेल्लो मुख्यमंत्री कार्यक्रम सुरु गरेको छ ।
42) क्यारियर गाइड , कोचिङ र नेतृत्व प्रक्रियालाई मूल्यांकन गर्न सघाउने कम्पनी पीपुल डेभलपमेन्ट ल्याबले startup विधा अर्न्तर्गत आइसिटी अवार्ड पाएको छ।
43) एसियाकै उत्कृष्ट “ लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेन्ट “ पोखरा मा निर्माण हुँदैछ ।
44) नेपाल भाषाको लघुउपन्यास “ छचा जक “  वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाको कृति हो ।
45) कर्णाली प्रदेश स्थापना गर्दा ज्यान गुमाउने शहिद हरि बहादुर कुवरको स्मृति दिवस भदौ 6 गते मनाइएको छ ।
46) नमोबुद्ध नगरपालिका काभ्रे जिल्लामा पर्दछ ।
47) कालीगण्डकी गाउँपालिका स्याङ्जामा पर्दछ ।
48) कालीगण्डकीको आँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थललाई सेतीवेणी सिला भनिन्छ ।
49) प्रदेश 3 को प्रदेश बन् निर्देशनालय हेटौंडामा स्थापना गरिएको छ ।
50) ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा 2075 भदौ 7  गते सिफारिस हुनु भएको छ ।
51) यसवर्ष भदौ 22 गते मनाइने निजामती दिवस 14औं निजामति सेवा दिवस हो ।
52) फोब्स म्यागेजिनले सार्वजनिक गरेको धनी महिला खेलाडीको सूची मा 23 पटक ग्राण्डस्लाम च्याम्पियन serena williams शीर्ष स्थानमा रहेकी छन् ।
53) नेपाल र चीनको सीमा क्षेत्र हिल्सा नाका हुम्लाको सिमकोटमा पर्दछ ।
54) 2075 साल भदौ 7 गते मोरङको मिक्लाजुङ 1 रमितेखोला मा 30 किलोवाटको सोलार विद्युत उत्पादन सुरु भएको छ ।
55) कास्कीको तेस्रो ठूलो ताल रुपा ताल हो ।
56) लोपउन्मुख वनकरिया समुदायको बसोबास मकवानपुरमा मात्रै रहेको छ ।18 घरधुरी रहेको वनकरिया को जनसङ्ख्या 79 छ ।
57) गई जात्रालाई नेपाल भाषामा सापारु भनिन्छ ।
58) पाटनको कृष्ण मन्दिर जिर्णोदार पूरा भएसँगै सर्वधारणका निम्ति खुला भएको छ ।सत्रौं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको थियो कृष्ण मन्दिर ।कृष्ण मन्दिरको जीर्णोद्धार काठमाडौँ उपत्यका संरक्षण कोष ले गरेको छ ।कृष्ण मन्दिर राजपूत अर्थात् मुगल शैलीमा निर्माण भएको हो । महादेवको मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्ण को मन्दिर फेलापरेको थियो ।
59) ओम शान्ति पार्क भक्तपुरमा रहेको छ ।
60) “यार्तुङ” भनेको घोडा कुदाउने पर्व । हिमालपारीको जिल्ला मनाङमा बर्खायाममा बाली लगाइसकेपछि वर्षेनी घोडा दौडाएर खुसियाली मनाउने चलन रहेको छ । मनाङमा मनाइने मुख्य पर्वमध्ये यार्तुङ विशेष पर्वको हो ।
61) 23. 5 मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना सोलुखुम्बुमा रहेको छ ।
62) अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् ।
63) नेपालको एउटा मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी हो ।
64) तिम्बुङपोखरी ताप्लेजुङमा अवस्थित छ । यो पोखरी 4481 मिटर उचाइमा अवस्थित छ  ।
65) मर्स्याङ्दी गाउँपालिका लमजुङमा पर्दछ भने लिखु गाउँपालिका ओखलढुङ्गा मा पर्दछ ।
66) जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ ।
67) साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन गोसाइँकुण्डमा मेला लाग्दछ ।
68) विद्युत प्राधिकरणका अनुसार 2356 मेगावाट क्षमताका 107 जलविद्युत आयोजना निर्माणको चरणमा छ ।
69) नेपाल बिधुत प्राधिकरणले यसबर्ष 33 औं वार्षिकोत्सव मनाउँदै छ।
70) गाईजात्रा :
a. -भदौ कृष्ण प्रतिपदाका दिन मनाइन्छ ।
- काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्ल को विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकुल रानीलाई हाम्रा मात्र होइनन्, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्तवना दिलाउन जात्रा सुरु गरिएको थियो ।
- घिन्ताङघिसी नाच र चारकुने लठ्ठी मा गाईको चित्र राखेर प्रदर्शन गरिने तायामचा भक्तपुरमा मनाइन्छ
- दाङको अधिकांश भाग हेर्न सकिने गरी घोराही ढोडेनी मा मन्दिल पुन भ्यूटावर निर्माण भएको छ

71) “इन्दिरा भुसाल स्मृति पुरस्कार 2075” डा.आशा कुमार राईलाई प्रदान गरिने भएको छ ।
72) अगस्ट 26 ,2018 जिम्बाबेको राष्ट्रपतिमा इमर्सन नानगाग्वाले सपथ ग्रहण गर्नु भएको छ ।
73) 2074 साल को मदन पुरस्कार नीलम कार्की “निहारिका”को उपन्यास “ योगमाया”ले पाउने भएको छ ।
74) जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धर लाई प्रदान गरिने भएको छ ।
75) यसवर्षको मदन पुरस्कारका लागि 2074 सालमा नेपालमा प्रकाशित 253कृतिमध्येबाट नीलम कार्की निहारिकाको योगमाया छनोट भएको छ ।
76) मदन पुरस्कार र जगदम्बा पुरस्कार दुवैको पुरस्कार राशी 2 लाख रुपैयाँ रहेको छ ।
77) “एक जुवा घाम” कृतिका लेखक सुनिता राई कन्दङ्वा हुन् ।
78) “प्रेस स्वतंत्रता लोकतन्त्रका लागि आवश्यक मात्र होइन, यो लोकतन्त्र नै हो” भनाई वाल्टर क्रोनकाइट हो ।
79) हरिनाश गाउँपालिका स्याङ्जा जिल्लामा पर्दछ ।
80) राष्ट्रियसभामा चारवटा विषयगत समितिहरु रहेका छन् ।
- (क)विधायन व्यवस्थापन समिति,
- (ख)प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति,
- (ग)राष्ट्रिय सरोकार तथा समन्वय समिति,
- (घ)दिगो विकास तथा सुशासन समिति

81) पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजनाको क्षमता 750 मेगावाट बाट घटाएर 550 मेगावाट बनाइने भएको छ ।
82) मोलुङ गाउँपालिका ओखलढुंगामा पर्दछ।
83) पुरुष प्याराग्लाइडिङ टोलीले 18 औं एशियन खेलकुद प्रतियोगिताको cross country मा रजत पदक जितेको छ । विमलअधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा युकेश गुरुङ , शुशिल गुरुङ ,विजय गौतम  तथा विशाल थापा  रहेका थिए ।
84) 1998 मा बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक रजत पदक जितेकी थिइन्।
85) गण्डकी प्रदेशलाई देशकै पहिलो पुर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।
86) त्रिवेणी पाटन कालिकोटमा पर्दछ ।
87) इशानेश्वर महादेव (सन्तानेश्वर) मन्दिर बेसीसहर लमजुङमा अवस्थित छ ।
88) नीलबाराही नाच थिमीको बोडेमा देखाइन्छ ।
89) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सर्वेक्षणअनुसार नेपालमा 21 प्रतिशत बालबालिकामा पोषण तत्वको कमी रहेको छ ।
90) साँफे - मार्तडी सडक बाजुरामा पर्दछ।
91) भीमफेदी इपापञ्चकान्यामा निर्माणाधीन बागमती विधुत आयोजना ले 22 मेगावाट विधुत उत्पादन गर्ने भएको छ ।
92) रेडियोका पहिलो गायक हरिप्रसाद रिमालको निधन 2075 भदौ 15 गते भएको हो ।
93) “जुन काम प्रकृतिको हो ,त्यो काम मानिसले कदापि गर्न सक्दैन” यो भनाइ रवीन्द्रनाथ टैगोर को हो।
94) बर्खे नाच नेवार समुदायमा मनाइन्छ।
95) उग्रतारा शक्तिपीठ डडेल्धुरामा रहेकोछ ।
96) Bimstec सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यास भदौं 25 देखि 31 गते सम्म भारतको पुनामा हुन लागेको छ । उक्त अभ्यासमा प्रत्येक मुलुकका 30 /30 जना सैनिक सहभागी रहने छन्।
97) प्रजातन्त्र सेनानी सम्मान पुरस्कारबाट कांग्रेस नेता चक्रप्रसाद बास्तोला सम्मानित हुनुभएको छ ।
98) बिपी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ ।
99) नेपाल प्रहरीको संगठन 753 वटा स्थानीय तहमा विस्तार गरिएको छ।
100) करम पूजा उराव समुदायमा मनाइने पर्व हो। खास गरेर पूर्वी नेपालको तराई मधेस क्षेत्रमा बसोबास रहेका उरावले करम पूजाको अवसरमा कर्माधर्मा मनाउने गर्दछन्।
101) लाखेनाच लाई राक्षसी नृत्य पनि भनिन्छ। नेवारी समुदायमा राक्षस भगाउने भन्ने प्रचलनका रुपमा रहेको परम्परागत नाच हो  लाखे नाच ।
102) 2075 सालको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार द्वारा पत्रकार लक्ष्मण ढकाललाई पुरस्कृत गरिएको छ।
103) किड व्वीन नेपाल - 2018 को उपाधि यचुश्री श्री श्रेष्ठले जितेकी हुन् । यो 16 औं संस्करण रहेको थियो। 9 देखि 14 बर्ष उमेर समूहका प्रतिस्पर्धीहरु बीच प्रतिस्पर्धा गराइन्छ ।
104) सांसद र मन्त्री को प्रत्यक्ष प्रश्नोत्तर, प्रतिनिधिसभा नियमावली - 2075 को परिक्षेद (८) मा व्यवस्था गरिएको छ ।
105) युवा वर्ष मोती पुरस्कार 2075 , युवा साहित्यकारद्वय केशव सिग्देल र चन्द्र राणाहंछालाई प्रदान गरिने भएको छ । 2042 साल बाट यो पुरस्कार प्रदान गरिँदै आएको छ। यो पुरस्कारको राशी 50 हजार र स्वर्णपदक रहेको छ । हालसम्म 65 जना युवा स्रष्टालाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।
106) गौशाला चोकमा अवस्थित गौशाला धर्मशाला विसं 1997 सालमा स्थापना भएको थियो।
107) पाकिस्तानको राष्ट्रपतिमा डा अरिफ रिहाम अल्भी निर्वाचित भएका हुन्।
108) काठमाडौँ- हेटौडा सुरुङमार्ग चीनको पावर चाइना  कम्पनीले बनाउने भएको छ ।
109) “दिगो विकास लक्ष्यका लागि सहकारी: अन्तर्राष्ट्रिय अनुभव” पूर्व मन्त्री केशव विडालको कृति हो ।
110) “पी पी प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार -2075” म्याग्दीकी थममाया पुनलाई प्रदान गरिएको छ ।
111) अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नविनकुमार घिमिरेलाई प्रमुख आयुक्त नियुक्त गरिएको छ ।
112) निजामति सेवा दिवस, २०७५ को नारा “नतिजामुखी प्रशासन, समृद्धि र सुशासन”। यो १५ औँ निजामती सेवा दिवस हो। हरेक वर्ष भदौ २२ गते मनाइन्छ। निजामति सेवाको वैधानिक रूपमा वि सं २०१३ भदौ २२ गतेबाट सुरुवात भएको हो।
113) वर्ल्ड मार्सल आर्ट्स कमिटीको आयोजनामा जर्मनीको सिविस गुइन मा भएको १२ औँ वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिप मा नेपालका भूपेन्द्र गुरुङ ले स्वर्ण पदक जितेका छन्। मुन्नी सुवेदी ले ताइची र विजय तामाङले सान्डामा काँस्य पदक जितेका छन्।
114) अनौपचारिक माध्यमबाट शिक्षा प्राप्त गरेकाहरुको योग्यताका आधारमा समकक्षता निर्धारण गरिने भएको छ।
115) गौरा पर्वको अवसरमा प्रदेश नं ७ का बासिन्दाले खेल्ने देउडा खेलमा माथिल्लो जाति र तल्लो जाति नभनिकन विना भेदभाव काँधमा काँध मिलाएर खेलिने भएकाले सम्बन्ध प्रगाढ बनाउने थलोका रुपमा  स्थापित भएको छ।
116) भदौ २१ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।
117) नेपाल-चीन पारवहन प्रोटोकल मा सहमति भएको छ। नेपाललाई चीनका सबै बन्दरगाहमा पहुँच हुनेछ।
118) “जबसम्म संसारमा कीटपतङ्गको  मुक्ति हुँदैन, तबसम्म म आफ्नो मुक्तिको आकाङ्क्षा गर्दिन” यो भनाइ गौतम बुद्ध को हो ।
119) सरकारले 15 औँ निजामति दिवसका अवसरमा 40 कर्मचारीलाई निजामति सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । तीमध्ये 10 जना “उत्कृष्ट निजामति सेवा पुरस्कार” र 30 जनालाई “निजामति सेवा पुरस्कार” दिने घोषणा गरिएको छ । 2062 सालदेखि सरकारले निजामती दिवस मनाउँदै आएको छ। यसवर्ष “निजामती मुखी प्रशासन: समृद्धि र सुशासन” भन्ने नाराका साथ मनाइएको छ ।
120) 2073/74 सालको “भैरव पुरस्कार” चित्रकार राशि शाहलाई प्रदान गरिने भएको छ । भैरव पुरस्कार पाउने राशि शाह 20 औँ स्रष्टा रहेकि छिन् ।
121) यसबर्षको भैरव प्रतिभा पुरस्कार युवराज मैनालीलाई प्रदान गरिने भएको छ। हालसम्म भैरव प्रतिभा पुरस्कार 18 जनालाई प्रदान गरिएको छ ।
122) छोनाम (नवाँगी) चेपाङ समुदायको सबैभन्दा महत्वपूर्ण ठूलो धार्मिक पर्व हो ।
123) “७२ को विस्मय” पुस्तक वसन्त बस्नेत को कृति हो ।
124) पञ्चदान पर्व वौद्ध धर्मावलम्बीको पर्व हो ।
125) 2074 सालको “चिसाप रामकृष्ण साहित्य” पुरस्कार सुमन सौरभ लाई प्रदान गरियो ।
126) भदौ 22 गते युएनपार्क लाई बागमती सभ्यता एकीकृत विकास समितिको जिम्मा लगाइएको छ । यो पार्क संयुक्त राष्ट्रसङ्घको 50औं वार्षिकोत्सव को अवसरमा 2052 चैत्र 26 गते स्थापना गरिएको थियो ।
127) सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले 2075 भदौ 25 गते गोपनीयताको शपथ लिनुभएको हो ।
128) “संसद जनताको छोराको मञ्च हो , त्यसैले संसदमा जनताको प्रतिनिधित्व बलियो हुन्छ “  यो भनाई कृष्णप्रसाद भट्टराईको हो ।
129) सोलुखुम्बुको सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिका लाई “किवी भिलेज” घोषणा गरिएको छ ।
130) 2074 को  पद्मश्री साहित्य पुरस्कार “यार” का लागि नयनराज पाण्डेलाई प्रदान गरिने भएको छ ।
131) 2074 को पद्मश्री साहित्य सम्मान वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गरिने भएको छ  ।
132) 52 पोखरी 53 टाकुरी का नामले रुकुमलाई चिनिन्छ ।
133) विमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा नेपाल र थाइल्यान्ड पर्यवेक्षकका रुपमा मात्र सहभागी भएका छन् ।
134) इन्द्रजात्राको लिङ्गो काट्ने काम मानन्धर समुदायले गर्दछन् ।
135) “समाजवादीले प्रजातान्त्रिक संस्थाको विकासका लागि चिन्तित हुनुपर्छ” यो भनाई बीपी कोइरालाको हो ।
136) “तिमी पलायन हुने प्रयास नगर ,यो दुनिया कायर व्यक्तीको लागि होइन” यो भनाई स्वामी विवेकानन्द को हो ।
137) 2075 भदौ 28 गतेबाट विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराउन नपाउने गरी जन स्वास्थ सम्बन्धि विधेयक पारित भएको छ ।
138) “विपद्पछि पत्रकारिताबाट प्राप्त शिक्षा: भ्वाइस फ्रम नेपाल”बेलायतको बौरनीमाउँथ विश्वविद्यालयअन्तर्गतको सेन्टर फर स्टडी अफ जर्नालिजम कल्चर एण्ड कम्युनिटी द्वारा प्रकाशित गरिएको हो ।
139) “चौर्चन पर्व” मिथिला क्षेत्रमा मनाइन्छ ।
140) प्रथम राष्ट्रीय आर्थिक गणना 2075 को प्रारम्भिक नतिजाले देशभर कुल 9 लाख 22 हजार 445 औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्यांक सार्वजनिक भएको छ ।
141) केन्द्रिय तथ्यांक विभागले गरेको उक्त गणनामा प्रतिष्ठानमा 34 लाख 8 हजार 746 जनशक्ति कार्यरत रहेका छन्  ।
142) सबैभन्दा धेरै प्रदेश नम्बर 3 मा 30.26 र सबैभन्दा कम कर्णाली प्रदेशमा 6.0 प्रतिशत औद्योगिक प्रतिष्ठान रहेका छन् ।
143) मध्यमोदी जलबिद्युत आयोजनाको क्षमता 15.1 मेगावाट रहेको छ ।
144) सन् 1972 मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका मा  हालसम्म जम्मा 24 जनाले पाइला टेक्न सफल भएका छन् ।

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...