Saturday, September 29, 2018

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो ।
• मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ ।
• जुनसुकै कार्यालयमा काम गर्ने महिलाले अब सुत्केरी हुनु अघि वा पछि कम्तीमा 98 दिनसम्म तलबसहित प्रसूति बिदा पाउनेछन् ।
•   सिने सर्कल अवार्ड 2075 को उत्कृष्ट अभिनेता नाजिर हुसेन र अभिनेत्री नीता ढुंगाना भएकी छन् ।
• जनगणना 2068 अनुसार नेपालमा कुसुण्डाहरू जनसङ्ख्या 273 मात्र छ जसमध्ये दाङ जिल्लामा सबैभन्दा धेरै 70 जना रहेका छन् ।
• यसवर्षको “तुलसीराम स्मृति पुरस्कार” विश्वप्रेम अधिकारीलाई प्रदान गरिएको छ ।
• नेपालको संविधानको धारा 54 को व्यवस्थाअनुसार राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन समिति गठन भएको छ ।
• असोज 1 गते “विज्ञान तथा प्रविधि: दिगो विकास र समृद्धि” नाराका साथ छैठौं राष्ट्रिय विज्ञान दिवस मनाइएको छ । वि सं 2070 बाट हरेक वर्ष असोज 1 राष्ट्रिय विज्ञान दिवसका रुपमा मनाउन थालिएको हो । पहिलोपटक 2013 सालमा पहिलो विज्ञान कलेजका रुपमा पब्लिक साइन्स कलेज (पस्कल) स्थापना भएको थियो । त्यसका प्राचार्य अमृतमान प्रधानको हवाई दुर्घटनामा निधन भएपछि सो कलेजको नाम परिवर्तन गरी अमृत साइन्स क्याम्पस (अस्कल) बनाइएको थियो ।

• मानव विकास सूचाङ्क प्रतिवेदन 2018 अनुसार नेपाल जनसङ्ख्याको आधारमा रोजगारी दरमा पाँचौं स्थानमा परेको छ  ।सबैभन्दा धेरै रोजगारी दर रहेको देश कतार हो ।
• 2075को मिस मंगोल नेपालको उपाधि जाङमु शेर्पाले जितेकी छन्।
• नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त “नेपालरत्न” द्वारा विभूषित गर्ने घोषणा गरिएको छ।
• कालिकोटको नरहरिनाथ गाउँपालिकालाई कर्णाली प्रदेश कै पहिलो निःशुल्क, अनिवार्य संघीय आधारभूत शिक्षा सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ ।
• बसन्ती दरबार नुवाकोटको ककनी गाउँपालिका मा अवस्थित छ ।
• गाईखुरा महादेव मन्दिर दोलखा जिल्लामा पर्दछ ।
• भैरबनाथ मन्दिर भक्तपुरमा रहेको छ ।
• नेपालमा 2068 को जनगणना अनुसार 10 हजारभन्दा कम जनसंख्या भएका 37 वटा भाषा छन् ।
• कृषि ज्ञान केन्द्र हुम्लाको सिमकोटमा स्थापना भएको छ ।
• 91 औं एकेडेमी अवार्ड (ओस्कार) प्रतिस्पर्धाका लागि नेपाली चलचित्र “पञ्चायत” छनौट भएको छ ।
• यसवर्षको “स्वर्गीय जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट” गणेश लम्साल पुरस्कृत हुनुभएको छ ।
• काठमाडौंको लप्सीफेदी देखि गल्छी- रातमाटे प्रसारण लाइन र दमौली – बुटवल आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा सूचीकृत गरिएको छ।
• “शमी साहित्य साधना सम्मान पुरस्कार”बाट कवि विनोद आशु माली सम्मानित हुनुभएको छ ।
• “युवा प्रोत्साहन पुरस्कार” बाट हेलिकप्टर निर्माण गरिएको उडान सफल युवा सरोज चेपाङ प्रदान गरिएको छ ।
• “सम- समता लैंगिक अध्ययन पुरस्कार”बाट प्रिया बानियाँ लाई प्रदान गरिएको छ ।
• टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्डबाट युवा पर्यटन ब्यबसायी राजन थापालाई सम्मानित गरिएको छ ।
• “tourist vehicle excellent award”महालक्ष्मी भेहिकल  सर्भिसलाई प्रदान गरिएको छ ।
• विसं 1990 कार्तिक 16 गते सनद जारी गरी नेपाल सरकार शिक्षा विभाग अन्तर्गत एसएलसी परीक्षा बोर्ड स्थापना गरियो । त्यसपछि नाम परिवर्तन गरिए कन्ट्रोलर अफिस राखिएको थियो । 2007 पछि परीक्षा नियन्त्रण कार्यालय राखियो र 2044 सालमा पनिकालाई सानोठिमीमा सारिएको थियो । अहिले गएर परीक्षा नियन्त्रण कार्यालय इतिहास बनेको छ ।
• नेपाल टेलिभिजनले असोज 6 गतेबाट संस्कृत भाषामा समाचार प्रसारण सुरु गरेको छ । थारू, लिम्बु, भोजपुरी, मैथिली ,नेवारी, अवधी भाषामा नियमित कार्यक्रम तथा नेपाली, अंग्रेजी र  सांकेतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ ।
• “ ऐना मेरो सबैभन्दा असल मित्र हो, किन भने म रुँदा यो कहिले हाँस्दैन” यो भनाइ चार्ली च्याप्लिनको हो ।
• “बाघ गणना 2018” अनुसार नेपालमा बाघको संख्या 235 पुगेको छ ।
• सैनडाँडा मेला बझाङ्ग मा लाग्दछ ।
• 2075 सालको “चक्रमणि स्मृति पुरस्कार” साहित्यकार तथा आयुर्वेदका प्रसिद्ध चिकित्सक हरिप्रसाद पोखरेल “मानसाग्नि”लाई प्रदान गरिएको छ ।
• “सोह्रश्राद्ध” अर्थात् “पितृपक्ष” हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुन्छ ।
• माल्दिभ्सको राष्ट्रपतिमा इब्राहिम मोहमद सोलिह निर्वाचित भएका छन् ।
• किरात धर्मावलम्बीहरूको पवित्र आस्थाको केन्द्र मानिएको फक्ताङलुङ “कुम्भकर्ण” धाम ताप्लेजुङमा अवस्थित छ ।
• कालिमाटी गाउँपालिका सल्यानमा पर्दछ ।
• “माया” खण्डकाव्य तथा “सृष्टि” कवितासङ्ग्रह रमेशमोहन भट्टराईको कृति हो ।
• विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन 2018मा नेपाल विश्वका 162 देशहरुमध्ये 102 औं स्थानमा रहेको छ । सन् 2017 मा नेपाल 107 औं स्थानमा रहेको थियो ।
# व्याँसिकोट दरबार
• व्याँसिकोट दरबार साविक व्यासी गाविसको चौधानपाटा नजिकैको  कोटडाँडामा रहेको यो दरबार तत्कालीन बझाङ राज्यको प्रादुर्भाव भएको स्थानको रुपमा परिचित हो ।
• वि सं 1502 तिर तत्कालीन बझाङ्गी राजा शक्ति सिंहले व्याँसिकोट दरबार निर्माण गर्न लगाएको शिलालेखहरूमा उल्लेख छ।
• बझाङ मै निर्मित इटाबाट बनाइएको दरबार सुरुमा 25 कोटाको रहेको र 1990 सालको भूकम्पले क्षति गरेपछि तत्कालीन राजा देवीजंग सिंहले पुनःनिर्माण गरी 10 कोठाको बनाएक थिए ।
• एसियाली विकास बैंक(ADB)ले गरेको पछिल्लो “Microeconomic update” नेपालको आर्थिक वृद्धिदर 5.5 प्रतिशतमा सीमित हुने जनाएको छ । एडीबीका अनुसार अघिल्लो वर्ष 4.2 प्रतिशत रहेको मूल्यवृद्धि यो वर्ष 6 प्रतिशत पुग्नेछ । नेपालको पछिल्लो 10 वर्षमा औसत आर्थिक वृद्धिदर 4.3 प्रतिशत मात्रै छ ।
• असोज 12 गते प्रदेश 7 को नाम “सुदूरपश्चिम” र राजधानी “गोदावरी” कायम भएको छ।

No comments:

Post a Comment

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...