• रेडियोका पहिलो गायक हरिप्रसाद रिमालको निधन 2075 भदौ 15 गते भएको हो ।
• “जुन काम प्रकृतिको हो ,त्यो काम मानिसले कदापि गर्न सक्दैन” यो भनाइ रवीन्द्रनाथ टैगोर को हो।
• बर्खे नाच नेवार समुदायमा मनाइन्छ।
• उग्रतारा शक्तिपीठ डडेल्धुरामा रहेकोछ ।
. भदौ 15 गते नेपाल -भारत मैत्री धर्मशालाको उद्घाटन भएको छ ।
Friday, August 31, 2018
#भदौ_16_गते_समसामयिक_जानकारी
Thursday, August 30, 2018
#भदौ_१५_गते_समसमायिक_खबर
• नीलबाराही नाच थिमीको बोडेमा देखाइन्छ ।
• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सर्वेक्षणअनुसार नेपालमा 21 प्रतिशत बालबालिकामा पोषण तत्वको कमी रहेको छ ।
• साँफे - मार्तडी सडक बाजुरामा पर्दछ।
• भीमफेदी इपापञ्चकान्यामा निर्माणाधीन बागमती विधुत आयोजना ले 22 मेगावाट विधुत उत्पादन गर्ने भएको छ ।
भदौ- 14 गते समसामायीक जानकारी
• पुरुष प्याराग्लाइडिङ टोलीले 18 औं एशियन खेलकुद प्रतियोगिताको cross country मा रजत पदक जितेको छ । विमलअधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा युकेश गुरुङ , शुशिल गुरुङ ,विजय गौतम तथा विशाल थापा रहेका थिए ।
• 1998 मा बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक रजत पदक जितेकी थिइन्।
• गण्डकी प्रदेशलाई देशकै पहिलो पुर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।
• त्रिवेणी पाटन कालिकोटमा पर्दछ ।
• इशानेश्वर महादेव (सन्तानेश्वर) मन्दिर बेसीसहर लमजुङमा अवस्थित छ ।
Tuesday, August 28, 2018
भदौ 13 गते पत्र पत्रिका मा प्रकाशित खबर बाट सम्प्रेषण गरिएको लोकसेवा सहयोगी प्रश्नोत्तर
• राष्ट्रियसभामा चारवटा विषयगत समितिहरु रहेका छन् ।
(क)विधायन व्यवस्थापन समिति,
(ख)प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति,
(ग)राष्ट्रिय सरोकार तथा समन्वय समिति,
(घ)दिगो विकास तथा सुशासन समिति
• पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजनाको क्षमता 750 मेगावाट बाट घटाएर 550 मेगावाट बनाइने भएको छ ।
• मोलुङ गाउँपालिका ओखलढुंगामा पर्दछ।
Monday, August 27, 2018
भदौ 12 गते समसामयिक वस्तुगत प्रश्नोत्तर
• 2074 साल को मदन पुरस्कार नीलम कार्की “निहारिका”को उपन्यास “ योगमाया”ले पाउने भएको छ ।
• जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धर लाई प्रदान गरिने भएको छ ।
• यसवर्षको मदन पुरस्कारका लागि 2074 सालमा नेपालमा प्रकाशित 253कृतिमध्येबाट नीलम कार्की निहारिकाको योगमाया छनोट भएको छ ।
• मदन पुरस्कार र जगदम्बा पुरस्कार दुवैको पुरस्कार राशी 2 लाख रुपैयाँ रहेको छ ।
• “एक जुवा घाम” कृतिका लेखक सुनिता राई कन्दङ्वा हुन् ।
• “प्रेस स्वतंत्रता लोकतन्त्रका लागि आवश्यक मात्र होइन, यो लोकतन्त्र नै हो” भनाई वाल्टर क्रोनकाइट हो ।
• हरिनाश गाउँपालिका स्याङ्जा जिल्लामा पर्दछ ।
Sunday, August 26, 2018
भदौ 11 समसामयिक जानकारी
• गाईजात्रा :
-भदौ कृष्ण प्रतिपदाका दिन मनाइन्छ ।
- विसं 1512 मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्ल को विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकुल रानीलाई हाम्रा मात्र होइनन्, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्तवना दिलाउन जात्रा सुरु गरिएको थियो ।
- घिन्ताङघिसी नाच र चारकुने लठ्ठी मा गाईको चित्र राखेर प्रदर्शन गरिने तायामचा भक्तपुरमा मनाइन्छ
- दाङको अधिकांश भाग हेर्न सकिने गरी घोराही ढोडेनी मा मन्दिल पुन भ्यूटावर निर्माण भएको छ
• “इन्दिरा भुसाल स्मृति पुरस्कार 2075” डा.आशा कुमार राईलाई प्रदान गरिने भएको छ ।
• अगस्ट 26 ,2018 जिम्बाबेको राष्ट्रपतिमा इमर्सन नानगाग्वाले सपथ ग्रहण गर्नु भएको छ
भदौ - 10 गते पत्रपत्रिकामा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर
• मर्स्याङ्दी गाउँपालिका लमजुङमा पर्दछ भने लिखु गाउँपालिका ओखलढुङ्गा मा पर्दछ ।
• जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ ।
• साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन गोसाइँकुण्डमा मेला लाग्दछ ।
• विद्युत प्राधिकरणका अनुसार 2356 मेगावाट क्षमताका 107 जलविद्युत आयोजना निर्माणको चरणमा छ ।
• नेपाल बिधुत प्राधिकरणले यसबर्ष 33 औं वार्षिकोत्सव मनाउँदै छ।
भदौ 9 गते पत्रपत्रिकामा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर
• कास्कीको तेस्रो ठूलो ताल रुपा ताल हो ।
• लोपउन्मुख वनकरिया समुदायको बसोबास मकवानपुरमा मात्रै रहेको छ ।18 घरधुरी रहेको वनकरिया को जनसङ्ख्या 79 छ ।
• गई जात्रालाई नेपाल भाषामा सापारु भनिन्छ ।
• पाटनको कृष्ण मन्दिर जिर्णोदार पूरा भएसँगै सर्वधारणका निम्ति खुला भएको छ ।सत्रौं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको थियो कृष्ण मन्दिर ।कृष्ण मन्दिरको जीर्णोद्धार काठमाडौँ उपत्यका संरक्षण कोष ले गरेको छ ।कृष्ण मन्दिर राजपूत अर्थात् मुगल शैलीमा निर्माण भएको हो । महादेवको मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्ण को मन्दिर फेलापरेको थियो ।
• ओम शान्ति पार्क भक्तपुरमा रहेको छ ।
• “यार्तुङ” भनेको घोडा कुदाउने पर्व । हिमालपारीको जिल्ला मनाङमा बर्खायाममा बाली लगाइसकेपछि वर्षेनी घोडा दौडाएर खुसियाली मनाउने चलन रहेको छ । मनाङमा मनाइने मुख्य पर्वमध्ये यार्तुङ विशेष पर्वको हो ।
• 23. 5 मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना सोलुखुम्बुमा रहेको छ ।
• अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् ।
• नेपालको एउटा मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी हो ।
• तिम्बुङपोखरी ताप्लेजुङमा अवस्थित छ । यो पोखरी 4481 मिटर उचाइमा अवस्थित छ ।
Friday, August 24, 2018
भदौ 8 गते शुक्रबार पत्रपत्रिका बाट सम्प्रेशण गरिएको समसामयिक जानकारी
•ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा 2075 भदौ 7 गते सिफारिस हुनु भएको छ ।
•यसवर्ष भदौ 22 गते मनाइने निजामती दिवस 14औं निजामति सेवा दिवस हो ।
•फोब्स म्यागेजिनले सार्वजनिक गरेको धनी महिला खेलाडीको सूची मा 23 पटक ग्राण्डस्लाम च्याम्पियन serena williams शीर्ष स्थानमा रहेकी छन् ।
•नेपाल र चीनको सीमा क्षेत्र हिल्सा नाका हुम्लाको सिमकोटमा पर्दछ ।
•2075 साल भदौ 7 गते मोरङको मिक्लाजुङ 1 रमितेखोला मा 30 किलोवाटको सोलार विद्युत उत्पादन सुरु भएको छ ।
Thursday, August 23, 2018
भदौ 7 गते बिहीबार समसामयीक जानकारी
• नेपाल भाषाको लघुउपन्यास “ छचा जक “ वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाको कृति हो ।
• कर्णाली प्रदेश स्थापना गर्दा ज्यान गुमाउने शहिद हरि बहादुर कुवरको स्मृति दिवस भदौ 6 गते मनाइएको छ ।
• नमोबुद्ध नगरपालिका काभ्रे जिल्लामा पर्दछ ।
• कालीगण्डकी गाउँपालिका स्याङ्जामा पर्दछ ।
• कालीगण्डकीको आँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थललाई सेतीवेणी सिला भनिन्छ ।
• प्रदेश 3 को प्रदेश बन् निर्देशनालय हेटौंडामा स्थापना गरिएको छ ।
Tuesday, August 21, 2018
भदौ ५ गते पत्रपत्रिका बाट संप्रेषण गरिएको समसामायीक जानकारी
• नयाँ मुलुकी संहिता अन्तर्गत 33 बिसे सम्बन्धित मुद्दा सिडिओको क्षेत्राधिकारमा परेको छ ।
• गण्डकी प्रदेशले हेल्लो मुख्यमंत्री कार्यक्रम सुरु गरेको छ ।
• क्यारियर गाइड , कोचिङ र नेतृत्व प्रक्रियालाई मूल्यांकन गर्न सघाउने कम्पनी पीपुल डेभलपमेन्ट ल्याबले startup विधा अर्न्तर्गत आइसिटी अवार्ड पाएको छ ।
भदौ ४ गते पत्रपत्रिका बाट संप्रेषण गरिएको समसामायीक जानकारी
• भदौ – 3 राष्ट्रिय सूचना आयोग ले 11 औं वार्षिक उत्सव मनायो । “आर्थिक वर्ष 2074 75 मा भएका महत्वपूर्ण आदेश” नामक पुस्तक आयोगले प्रकाशन गरेको छ ।
• हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका बासिन्दाको घरको नक्सा निःशुल्करुपमा बनाइदिने भएको छ ।
• अर्ररा नदी कपिलवस्तु सँगै नेपाल – भारत सीमामा छुट्याउने नदी हो ।
• “एक घर ,एक धारा” अभियान बागलुङ जिल्लामा चलेको हो ।
• “मानव विकासक्रम र दलित समुदाय” खोजमुलक पुस्तक युवा लेखक विनोदकुमार विक ( विकास) द्वारा लिखित पुस्तक हो ।
• अपी पावर कम्पनी लिमिटेडले धनुषाको ढल्केवरमा 1 मेगावाट र बाराको सिमरामा 1 मेगावाटको सोलार प्लाण्ट निर्माण गर्न लागेको छ ।
• चीनको हेनान प्रान्तमा आएको यसबर्षको 18औं शक्तिशाली आँधीको नाम “रुम्बिया” रहेको छ ।
• भदौ 3 ,august -19 ,2018 फिजीमा 8.2 magnitude को शक्तिशाली भूकंप गएको छ ।
• आठबिसकोट नगरपालिका रुकुम जिल्लामा पर्दछ ।
• दुधकुण्ड नगरपालिका सोलुखुम्बुमा पर्दछ ।
• तोक्पेगोला संस्कृति मेला ताप्लेजुङको पर्यटकीय क्षेत्र तोप्केगोला मा लाग्दछ ।
भदौ ३ गते पत्रपत्रिका बाट संप्रेषण गरिएको समसामायीक जानकारी
• भदौ 3 ,11 औं राष्ट्रिय सूचना दिवस । विसं 2065 साल भदौ 3 गते सुचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो ।
• श्रृजना श्रेष्ठ विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा मिसेज नेपाल आइडल बन्नुभएको छ ।
• संयुक्त राष्ट्रका पूर्व महासचिव कोफी अन्नानको 80 वर्षको उमेरमा सन् 2018 अगस्ट 18 मा निधन भएको हो । राष्ट्रसङ्घको इतिहासमा पहिलो अश्वेत महासचिव हुन् उनी । कोसी अन्नानको निधन स्विजरल्याण्डमा भएको हो ।सन् 1997 देखि 2006 सम्म दुई कार्यकाल राष्ट्रको महासचिव बन्नुभएको थियो । कोफी अन्नानलाई लाई “नोबेल शान्ति पुरस्कार” समेत प्रदान गरिएको थियो। उहाँलाई the कोफी अन्नान फाउण्डेशन ले “ अंतरराष्ट्रीय राजनेता” को उपाधि दिएको छ ।
• “गुरही पर्व” पश्चिम तराईका थारु समुदायले मनाउँछन् ।
• चितवनमा पर्यटकको बसाइ अवधि 2.4 दिन रहेको छ ।
भदौ २ गते पत्रपत्रिका बाट संप्रेषण गरिएको समसामायीक जानकारी
• सन 2018 अगस्ट 17 मा पाकिस्तानको प्रधानमन्त्री मा पूर्व क्रिकेटर इमरान खान निर्वाचित हुनुभएको छ ।
• त्रिमूर्ति निकेतनले साहित्यकार गणेश विषम लाई 2075 सालको लेखनाथ पौड्याल पुरस्कार प्रदान गरेको छ ।
• पशुपति क्षेत्रमा नेपाल-भारत मैत्री धर्मशालाको निर्माण सम्पन्न भएको छ ।
• मितिनी र सोल्टी नामका एकसिंगे गैंडा एकजोडी भदौ 1 गते कार्गो विमानबाट चीन पठाइएको छ ।
• महिला सर्जक को साझा संस्था “ गुन्जन” गोपाल पाण्डे “असीम” पुरस्कारबाट सम्मानित भएको छ।
• शालिग्राम “ संग्रहालय” बागलुङमा बनाउन सुरु गरिएको छ ।
• “ट्रिटमेन्ट सिजरिङ” प्रविधि कुकाठलाई उपचार गरेर लामोसम्म टिकाउने प्रविधि हो ।
• सन 2018 august 18 देखि एसियाली खेलकुद आरम्भ भएको छ ।
• 18 औं एसियाली खेलकुद इन्डोनेसियाको जकार्ता र पलेन्वाङमा हुनेछ ।
• 18 एसियाली खेलकुदमा 11500 खेलाडीको सहभागिता रहनेछ ।
• 18 औं एसियाली खेलकुद september 2 सम्म चल्नेछ ।
• 3 वर्षको कुवेतमाथि को प्रतिबंध अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल ले सन् 2018 अगुस्त 17 मा हटाएको छ । प्रतिबन्ध हटाएपछि कुबेतका खेलाडीले आफ्नै झण्डामुनि एसियाली खेलमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
• चीन भारत र अमेरिकापछि इन्डोनेसिया विश्वको चौथो सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र हो ।
• इन्डोनेसियामा 13500 टापु रहेका छन्।
• एसियाली खेलकुदमा 45 राष्ट्रले भाग लिएका छन् ।
• 18 हुने एसियाडमा सबैभन्दा ठूलो टीम चीन हुनेछ ।
भदौ १ गते पत्रपत्रिका बाट संप्रेषण गरिएको समसामायीक जानकारी
1) राष्ट्र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत श्रावन 31 मा नियुक्त भएका छन् ।
2) प्रदेश 5 मा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रुपन्देहीमा गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी गुरुयोजना, बर्दिया र बाँकेमा बबई सिचाई आयोजना , भेरी बबई डाइभर्सन आयोजना तथा तराइका जिल्लालाई सडक यातायातको सञ्जालसँग जोड्ने सञ्चालित हुलाकी राजमाग जस्ता महत्वपूर्ण आयोजना सञ्चालनमा रहेका छन् ।
3) रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको मोक्षधाममा विश्वकै नमूना मन्दिर निर्माण हुने भएको छ ।
4) फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल 161औं स्थानमा कायम रहेको छ। दक्षिण एसियामा भारत 96 औं स्थानमा रहेर सबैभन्दा माथि रहेको छ । विश्वविजेता फ्रान्स शीर्षस्थानमा बेल्जियम दोस्रो र ब्राजिल तेस्रो र क्रोएसिया चौथो स्थानमा रहेको छ।
5) कुपिन्डे ताल सल्यान जिल्लामा पर्दछ । समुद्री सतहदेखि 1120 मिटर उचाइमा रहेको कुपिण्डे ताल 23.53 हेक्टरमा फैलिएको छ । यो तालको गहिराई 34 मिटर , लम्बाई 834, चौडाई 538 मिटर रहेको छ ।
6) एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन भदौ 14 देखि 16 गतेसम्म काठमाडौंमा हुने भएको छ ।
साउन महीना सम्पूर्ण समसामयिक जानकारी
76) जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले “ हेलो साक्षी” अभियान सुरु गरेको छ ।
( 3)बमोजिम सम्बन्धित गाउँ सभाको दुई तिहाइ बहुमतले स्थानीय तहको केन्द्र परिवर्तन गर्न सकिन्छ ।
असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी
• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...
-
• भदौ – 3 राष्ट्रिय सूचना आयोग ले 11 औं वार्षिक उत्सव मनायो । “आर्थिक वर्ष 2074 75 मा भएका महत्वपूर्ण आदेश” नामक पुस्तक आयोगले प्रकाशन गरेको...
-
1) राष्ट्र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत श्रावन 31 मा नियुक्त भएका छन् । 2) प्रदेश 5 मा राष्ट्रिय गौरवक...
-
• मर्स्याङ्दी गाउँपालिका लमजुङमा पर्दछ भने लिखु गाउँपालिका ओखलढुङ्गा मा पर्दछ । • जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ । • साउन शुक्ल पूर...