1) नया मतदाता नामावली दर्ता साउन 1 गतेबाट 77 जिल्ला बाट सुरु भएको छ।
2) जिल्लाका विषयगत कार्यालय साउन 1 गतेदेखि खारेज भई संघ , प्रदेश र स्थानीय तह अन्तर्गत जाने भएको छ।
3) 2075 साल असार 32 गते बाट भक्तपुर पुर्णखोप सुनिश्चित जिल्लाको छ भएको छ ।
4) नेपालबाट चीन प्रवेश गर्ने दोस्रो ठूलो रसुवागढी नाका स्थित भोटेकोशी किनारमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ ।
5) सरकारले श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा अवदेखि अनिवार्य रुपमा bank मार्फत मात्र भुक्तानीको व्यवस्था गर्ने निर्णय गरेको छ ।
6) साउन 1 गतेदेखि लागू गर्ने गरी आगामी दुई वर्षका लागि सबै प्रकारका श्रमिकको न्युनतम पारिश्रमिक 13450 तोकिएको छ ।
7) कर्णाली प्रदेशको राजधानी सुर्खेतका सम्पूर्ण घरमा शौचालय पहुँच पुगेको छ । सुर्खेतका कुल 72863 घरधुरीमा घरायसी शौचालयको पहुँच शतप्रतिशत पुगेको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतले जनाएको छ ।
8) राणा शासनको जग बसाल्ने तत्कालीन श्री 3 जंगबहादुर को मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमा आधारित नाटक हो “ सोनाम ग्याल्मो “ ।
9) झुमरा, झर्रा, फारवाहि , बसाहा ,सजनी बिरामी लगायतका नाचहरु थारु समुदायका मौलिक नाच हरु हुन ।
10) जातजाति पहिचान गराउने केही नाचहरु :
a. *धोबी जातिको धोबिया
b. *चमार जातिको चमरवा
c. *दुसाध जातिको नेट्वा , कोहरवा
d. *यादव जातिको लरकाइन्
11) मुलुकी अपराध (संहिता) ऐन 2074 ले महिलालाई इच्छाविपरीत छुनु तथा जिस्काउनु लाई अपराध मानेको छ।
12) भारतको माथिल्लो सदनका रुपमा रहेको राज्यसभामा 22 भाषाका दोभाषेको व्यवस्था गरिएको छ।
13) कञ्चनपुरको महाकाली तटमा निर्माण भइरहेको नेपाल आमाको 75 फिट अग्लो मुर्ति रहेको छ ।
14) बुटवल उप-महानगरपालिका 16 स्थित कपर कट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी मिनी फेवातालका रुपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढेको छ।
15) निर्माणाधीन गौतमबुद्ध विमानस्थल एकबर्षभित्र अन्तराष्ट्रिय उडान सुरु गरिने भएको छ। विमानस्थल आयोजनाका अनुसार 2019 september 27 तारिखका दिन विश्व पर्यटन दिवस देखि पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने योजना छ । आयोजना निर्माणकार्य 2015 जनवरीमा सुरु भएको थियो ।
16) वासुदेव लुइँटेल पुरस्कार 2074 यसवर्ष भैरव पुरस्कार गुठी लाई प्रदान गरिने भएको छ ।
17) श्रावण 1 गतेदेखि विगतका 75 वटै जिल्लाका महिला बालबालिका कार्यालय खारेज भएका छन् ।
18) गङ्गा माई रथयात्रा पशुपति क्षेत्रमा साउन महिनामा चलाइन्छ ।
19) साउन 6 , विशेश्वरप्रसाद कोइरालाको 36 औं स्मृति दिवस ।
20) “अविर” उपन्यासका लेखक त्रिभुवनचन्द्र वाग्ले हुन् ।
21) बन्दिपुरमा केवलकार निर्माण कार्यको शिलान्यास भएको छ । बन्दिपुर गाउँपालिका-१ ठुलढुङ्गा बाट बन्दिपुर बजार जोड्ने सो केवलकारको दुरी 1 किलोमीटर 600 मिटर लामो रहने छ ।
22) आज हरिशयनी एकादशी , आषाढ शुक्ल एकादशीका दिन हरिशयनी एकादशी भनिन्छ र आजैको दिन तुलसी रोपिन्छ ।
23) “म को हूं “ कृतिका लेखक शिव गोपाल रिसाल हुन ।
24) 13 औं सागमा 27 खेल समावेश हुने भएको छ ।
25) हरेक सरकारी निकाय , कार्यालयमा सबैले देख्ने गरी नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था नागरिक वडापत्र व्यवस्थापन निर्देशिका 2069 मा उल्लेख छ ।
26) भेरी बबई आयोजनाबाट 48 मेगावाट जलविद्युत उत्पादन तथा 11 हजार हेक्टर जमिन सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको ।।
27) बागमती सभ्यता एकीकृत विकास आयोजनाले सिनामङ्गल देखि मिनभवन सम्मको पश्चिमतर्फको नदीकिनारमा “ retaining wall “ सहित बागमती करिडोर निर्माण सुरु गरेको छ ।
28) सिमकोट गाउँपालिकाको वडा नम्बर 1 र 2 मा पर्ने “ ग्याग्रु” सिचाई आयोजना सम्पन्न भएको छ ।
29) “कोइराला दह “लाहान नगरपालिका 15 स्थित ढोडना मा रहेको छ ।
30) सार्क राष्ट् अन्तर्गतका मुलुकहरुले विस्कुट , प्रशोधित चिनी, दूधजन्य वस्तुमा एउटै गुणस्तर काम गरेको छ ।
31) “सार्वजनिक शिक्षाको बहस” पुस्तकका लेखक रमेशप्रसाद गौतम हुन ।
32) एसियाली विकास बैंक एसिया तथा प्रशान्त क्षेत्रका लागि दीर्घकालीन सहायता रणनीति “रणनीति 2030” स्वीकृत गरेको छ । हाल एडिबीका अध्यक्ष ताकेहीको नाकाओ हुन ।
33) 6 महिना अगाडी “ग्राभिटी रोपवे “ कालिकोटको तिला गुफा नगरपालिका-11 कामखेतमा निर्माण भएको छ ।
34) एउटा कार्यक्रम मा कर्णाली प्रदेशमा 92 वटा पर्यटकीय गन्तव्य रहेको तथ्याङक सार्वजनिक भएको छ । कर्णाली प्रदेशमा प्राकृतिक सम्पदाको गन्तव्य 38 , ऐतिहासिक तथा सांस्कृतिक गन्तव्य 17 र धार्मिक गन्तव्य 37 वटा रहेको जानकारी दिए को छ ।
35) नाम्खा गाउँपालिकाले “एक गाउँ एक हरितगृह “ नीति अपनाएको छ ।
36) नेपाल सरकारले आर्थिक वर्ष 2073 / 74 मा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतवेदन प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति समक्ष 11 श्रावणमा प्रस्तुत गर्नु भयो । संविधानको धारा 53 अनुसार राज्यका निर्देशक सिद्धान्त , नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपतिसमक्ष पेश गर्ने उल्लेख छ ।
37) “सेवा पुरस्कार नेपाल ,2075 “ श्री जङ्ग शाहलाई प्रदान गरियो ।
38) पद्म - रामचन्द्र लघुकथा सम्मान यसवर्ष लघुकथा सर्जक नारायण तिवारीलाई प्रदान गर्ने भएको छ । 2071 देखि प्रदान गर्न थालिएको सो सम्मान अहिलेसम्म प्रा मोहनराज शर्मा ,प्रा . डा . दयाराम श्रेष्ठ ,विनयकुमार कसजू एवं किशोर पहाडी सम्मानित भइसक्नुभएको छ ।
39) नौवस्ता औद्योगिक क्षेत्र बाँकेमा पर्छ।
40) वीर अस्पताल 129 औं वर्षमा प्रवेश गरेको छ । श्री 3 वीर शमशेर ले 1946 साल श्रावण 12 गते सर्वसाधारण का लागि भन्दै स्थापना गरेका थिए ।
41) “पहलमानसिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार “ कथाकार मनु ब्राजाकी लाई प्रदान गरियो ।पुरस्कारको राशि 25 हजार नगद सहित प्रमाणपत्र रहेको छ । त्यस्तै पहलमानसिंह स्वर साहित्य प्रतिभा पुरस्कार कवि तीर्थ श्रेष्ठ , तारामान - अम्बिकादेवी स्वर शिक्षा पुरस्कार शिक्षासेवी प्रा. डा. प्रेमकुमार खत्री र बलमान सिंह स्वर चलचित्र पुरस्कार चलचित्र निर्देशक चेतन कार्की लाई प्रदान गरियो ।
42) 7 वटा प्रदेशमा गरी 21 हजार 399 जना कर्मचारी रहने गरी परदेशमा कर्मचारीको दरबन्दी कायम गरिएको छ ।
43) यस वर्षको मधुकर पुरस्कार प्रा. डा . जीवेन्द्र देव गिरीलाई प्रदान गरियो ।
44) “स्तनपान: जीवनको आधार” भन्ने मूल नाराका साथ यो वर्षको विश्व स्तनपान सप्ताह बुधबार देखि मनाउन सुरु गरिएको छ ।
45) साउन 16 गते राष्ट्रिय विभूति अमरसिंह थापाको 202 औं स्मृति दिवस मनाइयो ।
46) 24 औं विश्व आदिवासी दिवसको मूल नारा “ आदिवासी जनजातिको बसाइँसराइ र स्थानान्तरण “ रहेको छ ।
47) निबन्धसङ्ग्रह 'बादलभित्रको घाम” डोलीनन्द प्रसाद शर्माको कृति हो ।
48) त्रि-चन्द्र सैनिक अस्पताल 2075 श्रावण 18 गते उद्घाटन भएको हो।
49) तनहुँको बन्दीपुर र साराङकोट बीच पर्यटन प्रवर्द्धनका लागि मितेरी साइनो गाँसेको छ ।
50) कर्णालीको जुम्लामा प्यागोडा शैलीमा ठूलो बौद्ध शान्ति स्तुपा निर्माण भएको छ ।
51) 2075 साउन 1 गतेदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित निवृत्तिभरण को व्यवस्था कानुनीरुपमा प्रस्ताव भएको छ ।
52) यसअघि 2060 सालमा योगदानमा आधारित निवृत्तिभरण व्यवस्था गर्ने व्यवस्था प्रस्ताव गरिएपनि कार्यान्वयन हुनसकेको थिएन ।
53) सरकारले आर्थिक वर्ष 2075/76 को बार्षिक बजेटबाट पनि निबृत्तिभरण कोषको स्थापना गर्ने लक्ष्य लिएको थियो ।
54) आशापुरी महादेव भक्तपुरको सूर्यिबिनायक नगरपालिका वडानम्बर 8, सिपाडोलमा अवस्थित छ ।
55) “living Together” नामक उपन्यासका लेखक गोविन्द गिरी प्रेरणा हुन ।
56) पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो अण्डरपास कलंकीमा रहेको छ ।
57) गुँला पर्व साउन महिनामा स्वयम्भुनाथ क्षेत्रमा मनाइन्छ ।
58) बेतना सिमसार मोरङ जिल्लामा रहेको छ।
59) नेपाल दूरसञ्चार प्राधिकरणको गत जेष्ठ को प्रतिवेदनअनुसार कुल जनसङ्ख्याको 50.32 प्रतिशतले boardband internet प्रयोग गरिरहेका छन् ।
60) नैपाल सरकार ले बोर्डब्यान्ड नीति 2071 मा सार्वजनिक गरेको थियो ।
61) सन् 2020 मा देशका सबै तत्कालीन गाविसमा तारमा आधारित र ताररहित ब्रोडब्यान्ड इन्टरनेट पूराउने लक्ष्य राखेको छ ।
62) सन् 2018 सम्म नेपालको कूल घरधूरीको 45% मा ब्रोडब्याण्डको पहुँच सुनिश्चित गर्ने लक्ष्य निर्धारण भएको छ ।
63) सन् 1945 को अगष्ट 6 मा अमेरिकी सैनिकको एक युद्धक विमानले बी-२९ नामक अाणविक बम जापानको बन्दरगाह सहर हिरोसिमामा खसालेको थियो ।
64) कवितासंग्रह “मनको तिरैतिर” डाक्टर अस्मिता अर्यालको कृति हो।
65) बुटवलमा सम्पन्न मिस्टर एण्ड मिस टिन प्रदेश-5 स्तरीय प्रतियोगिता सनरोज श्रेष्ठ र जस्मिन कार्कीले उपाधि चुम्न सफल भएका छन् ।
66) “America arise and awake” नामक काव्यकृति पत्रकार तथा लेखक रमेश शर्माको कृति हो ।
67) “स्मृतिका पहाड“ कवितासङ्ग्रह प्राध्यापक कवि एवं भाषाविद् डा विदुर चालिसेको कृति हो ।
68) महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले 10 वर्षमा 501 जनाको मृगौला प्रत्यारोपण गरेको छ। 2065 साउन 24 गते त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक हेमराज श्रेष्ठको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
69) कोलम्बियाको नयाँ राष्ट्रपति मा इभान डुके ले सपथ ग्रहण गरेका छन् ।
70) मर्स्याङ्दी गाउँपालिका लमजुङमा पर्दछ।
71) “गथे मुगँ पर्व” वा "गठे मङ्गल पर्व" नेवार समुदायमा मनाइन्छ । साउन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ ।
72) नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथि पूर्णचन्द्र थापाले साउन 25 गतेदेखि पद सम्हाल्नु हुनेछ ।
73) “कुनै एउटा गल्तीलाई धेरै सहायता प्राप्त भयो भन्दैमा त्यो सत्य बन्न सक्दैन न नैं सत्य गलत हुनसक्छ” यो भनाइ महात्मा गांधी को हो ।
74) हाल कार्यान्वयनमा रहेका श्रम सम्बन्धी ऐनहरु
a. श्रम ऐन , 2074
b. श्रम नियमावली, 2075
c. योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ,2074
d. श्रमिक सूचीकरण कार्यविधि एवं औद्योगिक व्यवसाय ऐन 2073
75) मानवअधिकार प्रमुखमा चिलीको पूर्व राष्ट्रपति मिसेल ब्यासेलेट नियुक्त भएका छन् ।
76) जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले “ हेलो साक्षी” अभियान सुरु गरेको छ ।
77) प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलको रुपमा परिचित “मोदीवेणी” पर्वत जिल्लामा पर्दछ ।
79) पाटन, भक्तपुर र काठमाडौंका तीनवटै ठूला घण्टाहरु विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।
80) अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट 12 का दिन मनाइन्छ । युवाका समस्यालाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् 1999 देखि हरेक वर्षको अगस्ट 12 लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेसँगै सन् 2000 देखि विश्वभर अन्तराष्ट्रिय युवा दिवस मनाउन थालिएको हो ।
81) सन 2018 को युवा दिवसको नारा “ safe space for youth” रहेको छ।
82) नेपालमा सन् 2004 देखि यो दिवस मनाउँदै आइएको छ र यो वर्षको नारा “युवाका लागि सुरक्षित वातावरण “ भनेर राखिएको छ ।
83) नेपालमा “ भेट्रान कप “फुटबलसँग सम्बन्धित छ ।
84) नेपाल र बङ्गलादेश ऊर्जामा सहकार्यको समझदारी श्रावन 25 गते भएको हो।
85) सन् 2014 मा सार्क राष्ट्रहरुले saarc energy framework agreement मा हस्ताक्षर गरेका थिए ।
86) सन् 2014 मा नेपाल र भारतबीच ऊर्जा विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
87) ग्यसिफायार विधि जैविक ऊर्जाबाट अलैची सुकाउने विधि हो ।
88) हुम्दे विमानस्थल मनाङ जिल्लामा पर्दछ ।
89) बेलौरी नाका कञ्चनपुर जिल्लामा पर्दछ ।
90) नेपाल विद्युत् प्राधिकरणलको 2071 साउनमा 100 किलोवाट मुनिका लघु जलविद्युत आयोजनालाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिने निर्णय गरेपछि हाल चारवटा आयोजना ग्रिडमा गरिएका हुन् ।
91) ग्रिडमा जोडिएका आयोजनाहरु धनकुटा लेगुवा खोलाको 40 किलोवाट , नुवाकोट स्याउरे भूमे खोलाको 23 किलोवाट , ताप्लेजुङ सेकुवा खोलाको 90 किलो वाट , र लमजुङ मिदिम खोलामा निर्माण भएको 100 किलोवाट ।
92) स्थानीय सरकार संचालन ऐन 2074 को दफा 4 को उपदफा
( 3)बमोजिम सम्बन्धित गाउँ सभाको दुई तिहाइ बहुमतले स्थानीय तहको केन्द्र परिवर्तन गर्न सकिन्छ ।
( 3)बमोजिम सम्बन्धित गाउँ सभाको दुई तिहाइ बहुमतले स्थानीय तहको केन्द्र परिवर्तन गर्न सकिन्छ ।
93) Api power company limited 40 मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ ।
94) रामग्राम – लुम्बनी – कपिलवस्तु बुद्ध सर्किटमा मोनोरेल सम्भाव्यता अध्ययन सुरु भएको छ ।
95) Bimstec स्थापना भएको 22 वर्षपछि बिम्सटेक विकास कोष र विमस्टेक पूर्वाधार लगानी बैंक स्थापना हुने भएको छ ।
96) नेपाल सरकारले नेपाल खाध संस्थान र नेसनल ट्रेडिङलाई साउन 25 गते गाभेको छ । Dubai संस्थानलाई गाभिएर राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गरिएको छ ।
97) सन् 2001 मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नायपोलको निधन भएको छ ।
98) न्याकुँ बाजा ( राँगोको सिंडबाट निर्माण गरिएको बाजा ) नेवार समुदायको बाजा हो ।
99) “ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा” नारा रुपन्देही को तिलोत्तमा नगरपालिकाले लिएको छ ।
100) “बागलुङको संस्कृति आकाशमा नाटकीय इन्द्रेणी” कृति संस्कृतिकर्मी प्रेम छोटाको हो।
101) “पार्कर सोलार प्रोब” मिसन सूर्यको सतहको अध्ययन अनुसन्धान गर्ने मिसन हो .
102) खेम ओझा पाण्डुलिपि पुरस्कार शितल गिरीलाई प्रदान गरिएको छ । वहाँको जीवाष्म निबन्धको पाण्डुलिपिलाई यो पुरस्कार प्रदान गरिएको छ ।
103) खेम ओझा कला पुरस्कार कलाकार, कार्टुनिस्ट तथा कला पत्रकार देवेन्द्र काफ्ले लाई प्रदान गरिएको छ ।
104) खेम ओझा स्मृति सङ्गीत पुरस्कार युवा गायक शिव परियारलाई प्रदान गरिएको छ ।
105) “आलेसा पत्रकारिता पुरस्कार 2075” बाट पत्रकार देवबहादुर पचभैया सम्मानित हुनुभएको छ ।
106) तनहुँको बन्दीपुर गाउँपालिkaa-4 चुनपहरा संग्रहालयको निर्माणकार्य सुरु गरिएको छ ।
107) गोक्यो ताल सोलुखुम्बु मा पर्दछ ।
108) आइसिसीले सोमबार जारी गरेको नयाँ एक दिवसीय बरियतामा नेपालका तीन खेलाडी बन्न सफल भएका छन् । ब्याट्सम्यान को बरियतामा सोमपाल कामी 229 र ज्ञानेन्द्र मल्ल 236औ बरियतामा छन् भने बलिङतर्फ सन्दीप लामिछाने 217 औं स्थानमा रहेका छन् ।
109) शक्ति गौचन क्रिकेटसँग सम्बन्धित खेलाडी हुन् भने शोभा गौचन ब्याडमिन्टन सँग ।
110) सोलुखुम्बुको पत्ताले मा बुद्ध पार्क निर्माण हुँदैछ
111) गलेश्वर मन्दिर म्याग्दी जिल्लामा पर्दछ ।
112) प्रधानमन्त्री केपी ओली र प्रधानमन्त्री नरेन्द्र मोदीले 2074-12-24 गते वीरगन्जस्थित एकीकृत जाँच चौकीको संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
113) “मधुश्रावणी पर्व” मिथिलाञ्चल सहित तराई मधेश मा मनाइन्छ ।
114) भदौ 1 बाट लागू हुने नयाँ मुलुकी संहिता ले जस्तोसुकै अपराधमा संलग्न 10 वर्षमुनिको बालबालिकाले सजाय नहुने व्यवस्था गरेको छ ।
115) बालबालिकालाई कानुनी सजाय को भागीदार बन्न 14 वर्षभन्दा माथिको उमेर तोकेको छ ।
116) यो व्यवस्था अपराध संहिताको दफा 45 मा उल्लेख छ ।
117) मुलुकी अपराध सहिता ऐनको दफा 290 ले पशुपक्षी माथि गरिने निर्दय व्यवहार र कसुर सम्बन्धी व्यवस्था गरेको छ ।
118) सार्वजनिक सुरक्षा ऐन 2046 संशोधन गरी अब निवारक नजरबन्दमा राखिएको व्यक्ति बारे स्थानीय प्रशासनले 24 घण्टा भित्र सम्बन्धित व्यक्ति परिवार र आफन्तलाई सो व्यक्ति स्थितिबारे जानकारी दिनुपर्ने भएको छ ।
No comments:
Post a Comment