Sunday, September 9, 2018

भदौ 18-24 सम्म समसामयिक विषय लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर

• लाखेनाच लाई राक्षसी नृत्य पनि भनिन्छ। नेवारी समुदायमा राक्षस भगाउने भन्ने प्रचलनका रुपमा रहेको परम्परागत नाच हो  लाखे नाच ।
• 2075 सालको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार द्वारा पत्रकार लक्ष्मण ढकाललाई पुरस्कृत गरिएको छ।
भदौ -१९
• किड व्वीन नेपाल - 2018 को उपाधि यचुश्री श्री श्रेष्ठले जितेकी हुन् । यो 16 औं संस्करण रहेको थियो। 9 देखि 14 बर्ष उमेर समूहका प्रतिस्पर्धीहरु बीच प्रतिस्पर्धा गराइन्छ ।
• सांसद र मन्त्री को प्रत्यक्ष प्रश्नोत्तर, प्रतिनिधिसभा नियमावली - 2075 को परिक्षेद (८) मा व्यवस्था गरिएको छ ।
• युवा वर्ष मोती पुरस्कार 2075 , युवा साहित्यकारद्वय केशव सिग्देल र चन्द्र राणाहंछालाई प्रदान गरिने भएको छ । 2042 साल बाट यो पुरस्कार प्रदान गरिँदै आएको छ। यो पुरस्कारको राशी 50 हजार र स्वर्णपदक रहेको छ । हालसम्म 65 जना युवा स्रष्टालाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।
भदौ 20
• गौशाला चोकमा अवस्थित गौशाला धर्मशाला विसं 1997 सालमा स्थापना भएको थियो।
• पाकिस्तानको राष्ट्रपतिमा डा अरिफ रिहाम अल्भी निर्वाचित भएका हुन्।






भदौ -२१
• काठमाडौँ- हेटौडा सुरुङमार्ग चीनको पावर चाइना  कम्पनीले बनाउने भएको छ ।
• “दिगो विकास लक्ष्यका लागि सहकारी: अन्तर्राष्ट्रिय अनुभव” पूर्व मन्त्री केशव विडालको कृति हो ।
• “पी पी प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार -2075” म्याग्दीकी थममाया पुनलाई प्रदान गरिएको छ ।
• अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नविनकुमार घिमिरेलाई प्रमुख आयुक्त नियुक्त गरिएको छ ।

भदौ २२
• निजामति सेवा दिवस, २०७५ को नारा “नतिजामुखी प्रशासन, समृद्धि र सुशासन”। यो १५ औँ निजामती सेवा दिवस हो। हरेक वर्ष भदौ २२ गते मनाइन्छ। निजामति सेवाको वैधानिक रूपमा वि सं २०१३ भदौ २२ गतेबाट सुरुवात भएको हो।
• वर्ल्ड मार्सल आर्ट्स कमिटीको आयोजनामा जर्मनीको सिविस गुइन मा भएको १२ औँ वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिप मा नेपालका भूपेन्द्र गुरुङ ले स्वर्ण पदक जितेका छन्। मुन्नी सुवेदी ले ताइची र विजय तामाङले सान्डामा काँस्य पदक जितेका छन्।
• अनौपचारिक माध्यमबाट शिक्षा प्राप्त गरेकाहरुको योग्यताका आधारमा समकक्षता निर्धारण गरिने भएको छ।
• गौरा पर्वको अवसरमा प्रदेश नं ७ का बासिन्दाले खेल्ने देउडा खेलमा माथिल्लो जाति र तल्लो जाति नभनिकन विना भेदभाव काँधमा काँध मिलाएर खेलिने भएकाले सम्बन्ध प्रगाढ बनाउने थलोका रुपमा  स्थापित भएको छ।
• भदौ २१ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।
• नेपाल-चीन पारवहन प्रोटोकल मा सहमति भएको छ। नेपाललाई चीनका सबै बन्दरगाहमा पहुँच हुनेछ
भदौ – २३
• “जबसम्म संसारमा कीटपतङ्गको  मुक्ति हुँदैन, तबसम्म म आफ्नो मुक्तिको आकाङ्क्षा गर्दिन” यो भनाइ गौतम बुद्ध को हो ।
• सरकारले 15 औँ निजामति दिवसका अवसरमा 40 कर्मचारीलाई निजामति सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । तीमध्ये 10 जना “उत्कृष्ट निजामति सेवा पुरस्कार” र 30 जनालाई “निजामति सेवा पुरस्कार” दिने घोषणा गरिएको छ । 2062 सालदेखि सरकारले निजामती दिवस मनाउँदै आएको छ। यसवर्ष “निजामती मुखी प्रशासन: समृद्धि र सुशासन” भन्ने नाराका साथ मनाइएको छ ।
• 2073/74 सालको “भैरव पुरस्कार” चित्रकार राशि शाहलाई प्रदान गरिने भएको छ । भैरव पुरस्कार पाउने राशि शाह 20 औँ स्रष्टा रहेकि छिन् ।
• यसबर्षको भैरव प्रतिभा पुरस्कार युवराज मैनालीलाई प्रदान गरिने भएको छ। हालसम्म भैरव प्रतिभा पुरस्कार 18 जनालाई प्रदान गरिएको छ ।
भदौ -24
• छोनाम (नवाँगी) चेपाङ समुदायको सबैभन्दा महत्वपूर्ण ठूलो धार्मिक पर्व हो ।
• “७२ को विस्मय” पुस्तक वसन्त बस्नेत को कृति हो ।
• पञ्चदान पर्व वौद्ध धर्मावलम्बीको पर्व हो ।
• 2074 सालको “चिसाप रामकृष्ण साहित्य” पुरस्कार सुमन सौरभ लाई प्रदान गरियो ।
• भदौ 22 गते युएनपार्क लाई बागमती सभ्यता एकीकृत विकास समितिको जिम्मा लगाइएको छ । यो पार्क संयुक्त राष्ट्रसङ्घको 50औं वार्षिकोत्सव को अवसरमा 2052 चैत्र 26 गते स्थापना गरिएको थियो ।

No comments:

Post a Comment

असोज महिना दोस्रो हप्ता सम्मको समसामयिक जानकारी

• “योग के हो?”नामक ग्रन्थ प्राध्यापक शिवगोपाल रिसाल को हो । • मौलिक हक 16 वटै विधेयक 2075 भाद्र 31 गते संसदबाट पारित भएको छ । • जुनसुकै ...